भाग्यमानी जित बहादुरले गोलाप्रथाबाट रोशी-८को वडाअध्यक्षमा जित हासिँल गरे:

काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा-८ मा माओवादी केन्द्रका उम्मेद्वार जित बहादुर तामाङ भाग्यमानी साबित हुँदै गोलाप्रथाबाट वडाअध्यक्षमा निर्वाचित भएका छन।पहिलो गणनामा एमालेका उम्मेदवार चन्दन लामा १ मतले अगाडि रहेकोमा पुन: गणना गर्दा दुवैको मत समान भएका थिए।मत समान भएपछि गोलप्रथा बिधिबाट वडाअध्यक्ष निर्वाचित गरेका थिए।जसमा माओवादी केन्द्रका उम्मेदवार जितबहादुरलाई भाग्यले साथ दिएका थिए।यस वडामा पहिलो चुनावमा पनि माओवादी केन्द्र २ मतले मात्र नेपाली काँग्रेसका उम्मेदवार मिकासजीत लामासँग पराजित भएका थिए।त्यसबेला माओवादी केन्द्रबाट सुजन लामा उम्मेदवार रहेका थिए।

प्रतिकृय

प्रतिकृय