जितुको स्वरमा समीर तामाङको शैलुङ डाँडामा सार्वजनिक:

चर्चित तथा लोकप्रिय गायिका जितु लोप्चनको स्वरमा रहेको समीर तामाङको प्रस्तुतिमा रहेको गीत शैलुङ डाँडामा भिडियोसहित सार्वजनिक भएको छ।मिलन लो तामाङको शब्द,सङ्गीतमा बनेको उक्त गीतको एरेन्ज,मिक्सिङको काम सानुबाबु घिसिङले गरेका हुन।

गीतको भिडियोमा प्रशान्त योन्जन र अनुशा तामाङको अभिनयलाई हेर्न सक्नेछन।कोरियोग्राफी र निर्देशन दुच्छेन क्र्युले गरेका छन।गीतको भिडियो म्युजिक मिडिया नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। https://youtu.be/jc-jma8Oos8

प्रतिकृय

प्रतिकृय