लिसंखुपाखर गाउँपालिका १ मा माओवादी केन्द्रबाट वडाअध्यक्षमा दावा ग्याबा(रबि)को दाबी:

लिसंखुपाखर गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला वाईसिएल सदस्य तथा लिसंखुपाखर गाउँपालिका वाईसीएल ईन्चार्ज ठूलो धादिङ-१का ढाँसेको दावा ग्वाबा तामाङ(रवि)ले माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्षमा दाबेदार पेश गरेका छन।

आफू लामो समय देखि पार्टीमा सक्रिय रहेको र लिसंखुपाखार १ को विकासको लागि आफूले टिकट पाउँनुपर्ने उनले बताएका छन।आफूले टिकट पाएमा पार्टीलाई थप मजबूत बनाउँनुको साथै लिसंखुपाखर-१को जनताको विकासको लागि स्पष्ट भिजन बनाउँदै अगाडि बढ्ने उनले बताए।

प्रतिकृय

प्रतिकृय