आर्यन तामाङ र अर्पण थिङको नयाँ गीत सय थुम्काको रेकर्ड सम्पन्न:

भ्वाईस अफ नेपाल-३ फाईनलिस्ट गायक आर्यन तामाङ र गायक अर्पण थिङ सयुंक्त आवाज रहेको नयाँ गीत सय थुम्काको रेकर्ड सम्पन्न भएको छ।लोकपप बिधामा आर्यन र अर्पण दुवैको पहिलो गीत हुन।गीतमा अर्पण थिङको नै संगीत रहेको छ भने शब्द सिङ्ग मोक्तानको रहेको छ।

गीत सोचे भन्दा राम्रो भएको गायक तथा संगीतकार अर्पणले बताए।त्यसैगरी गीतकार सिङ्ग मोक्तानले पनि गीतलाई लिएर आफू उत्साहित रहेको बताए।आर्यन भ्वाईस अफ नेपाल-३को अन्य प्रतियोगीको तुलानामा खारिएको आवाज भएको प्रतियोगी भएको कारण आफूहरुले आर्यनसँग काम गरेको मोक्तानले बताए।वाङजु फ्युबाको एरेन्ज रहेको र सुजन लोपेनको प्रस्तुति रहेको उक्त गीत चाडैँ ल्याउँने गरि काम अगाडि बढाउँने गायक अर्पणले बताए।

प्रतिकृय

प्रतिकृय